बिहीबार, १९ कात्तिक २०८३

साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

दमकमा चारदिने सांस्कृतिक उत्सव हुँदै, कला–साहित्य र संगीतलाई प्राथमिकता

दमक । झापाको दमकमा कला, साहित्य तथा संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने सांस्कृतिक उत्सव आयोजना हुने भएको छ। नाता फाउन्डेसनको आयोजनामा आगामी कात्तिक १२ देखि १५ गतेसम्म विभिन्न सिर्जनात्मक कार्यक्रमसहित उत्सव सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार उत्सवको पहिलो दिन कात्तिक १२ गते कला प्रदर्शनी तथा उद्घाटन समारोह आयोजना गरिनेछ। दोस्रो दिन कात्तिक १३ गते दमक साहित्य महोत्सव, तेस्रो दिन कात्तिक १४ गते कला कार्यशाला तथा अन्तिम दिन कात्तिक १५ गते संगीत महोत्सव र सम्मान समारोह सञ्चालन गरिने कार्यक्रम तय भएको छ।

नाता फाउन्डेसनका अध्यक्ष जितेन सम्पाङ राईका अनुसार कला, साहित्य र संगीतको विकास तथा प्रवर्द्धन गर्नुका साथै स्थानीय सर्जकको प्रतिभा उजागर गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो। उत्सवले स्थानीय कला, संस्कृति र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै सर्जकलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो।

उत्सवमा विशेषगरी युवामा रहेको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा कला, साहित्य र संगीतका विभिन्न विधामा क्रियाशील सर्जकबीच अनुभव र सिर्जना आदानप्रदान गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

दमकको सांस्कृतिक पहिचानलाई थप सशक्त बनाउनुका साथै कला, साहित्य र संगीतप्रति आम नागरिकको रुचि अभिवृद्धि गर्न उत्सवले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धनमार्फत दमकलाई सिर्जनात्मक गतिविधिको केन्द्रका रूपमा विकास गर्न पनि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास आयोजकको छ।

साहित्यशास्त्र
लेखकबारे
साहित्यशास्त्र

यस हप्ताको चयनित स्रष्टा।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.