साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

साहित्य कला सङ्गम दमकद्वारा ‘प्रतिभा र सिर्जना’ कृति लोकार्पण

दमक । साहित्य कला सङ्गम दमकको आयोजनामा साहित्यकार गोपालप्रसाद दाहालको ‘प्रतिभा र सिर्जना’ कृतिको लोकार्पण तथा १६१औँ मोती जयन्ती विशेष साहित्यिक कार्यक्रमसहित सम्पन्न भएको छ।

साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारतको सिलिगुडीका स्रष्टा युवराज काफ्ले प्रमुख अतिथि तथा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद भण्डारी विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा ९० भन्दा बढी साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो। कृति लोकार्पणपछि साहित्यकारद्वय लीलाप्रसाद अधिकारी र जीवनहरि शर्माले ‘प्रतिभा र सिर्जना’ कृतिमाथि समीक्षात्मक मन्तव्य राखेका थिए।

सो अवसरमा नेपाली साहित्यका अग्रज गजलकार मोतीराम भट्टको व्यक्तित्व तथा साहित्यिक योगदानका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा सहभागी स्रष्टाहरूले विभिन्न गजल, कविता समेत वाचन गरेका थिए।

साहित्य कला सङ्गम दमकले कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्ण साहित्यकार तथा साहित्यप्रेमीप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा कार्यक्रम सञ्चालनका क्रममा देखिएका सामान्य त्रुटि सच्याउँदै साहित्यिक गतिविधिलाई थप प्रभावकारी बनाउने साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’ ले बताएका छन् ।

साहित्यशास्त्र
लेखकबारे
साहित्यशास्त्र

यस हप्ताको चयनित स्रष्टा।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.