सायद
म रोएर फरक पर्ने भए,
सायद,
मलाई रुन दिन्नथेउ होला
म नभएर फरक पर्ने भए,
सायद ,
मलाई जान दिन्नथेउ होला |
म कति रात सिरानीलाई साथी बनाई
सिरानीसँग रुदै छे थाहा हुँदा
माया हुँदो हो त, तिमी पनि
निदाउदैनथ्यौ होला…..
म रोएर फरक पर्ने भए,सायद,
मलाई रुन दिन्नथ्यौ होला |
तिमीलाई खेल मनपर्थ्यो
छिनछिनमा हराउने, छिनछिनमा रूहाउने
मैले जितेर फरक पर्ने भए
सायद,
कहिले त जित्न दिन्थ्यौ होला
म रोएर फरक पर्ने भए,सायद,
मलाई रुन दिन्नथ्यौ होला |
तिमीलाई लामो गहिरो संवाद
भेटघाट,कुराकानी ,चिया, छलफल
खुबै मनपर्थ्यो
माया हुँदो हो त, मेरो संवाद
“फेरी सुरु भो” किन हुन्थ्यो होला
म बोलेर फरक पर्ने भए
सायद
म बोलेको पनि सुन्थेउ होला
म रोएर फरक पर्ने भए,सायद,
मलाई रुन दिन्नथ्यौ होला |
मैले आफ्ना सपना जोड्न
आफ्ना भावना जुटाईरहे
मैले तिम्रो सपना जोड्न
आफ्नै भावना टुटाईरहे
मेरो भावनाले फरक पर्ने भए
सायद,
मेरो पनि सपना जोड्न खोज्थेउ होला
म रोएर फरक पर्ने भए,सायद,
मलाई रुन दिन्नथेउ होला |
मैले पानी त्यहाँ हाली रहे
जहाँ बिरुवा उम्रने छाटकाट थिएन
पानी हाल्दैमा बिरुवा उम्रने भए
सायद,
मरुभूमिमा पनि बगैंचा हुन्थ्यो होला
एकोहोरो सम्बन्ध रहने भए
सायद
सबै सम्बन्ध बाचिरहन्थ्यो होला |
