साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › कविता
कविता

आज भोलि

बराबरको खेल भन्छन्
खेल न खेली मैदानमा
फुत्त निस्कने ठेलमेल नै
यहाँ
योग्यताको नाक बगाउने
भेल बन्छन्।

जमाना ग्लोबलको होनि !
पैसा बिना हुंदैन बोनी
शान त छ जुनलाई पनि
फत्ते गर्ने
यता चामल छोड़ेर पिठो
किन्न हत्ते गर्ने।

यद्यपि आजले काँचुली त
फेर्यो धैर्य पखाल्दै
श्रेष्ठत्वले एटमबम फोड़्यो
बदलिंदो क्यालेण्डार संगसंगै
ध्वंसको महामारीले सबैलाई घेर्यो।

जतै होड़को तोड़ले पोल खोल्यो
ूयोग्य भोग्य वसुन्धराू को मौन तोड़्यो
हुर्मत काड़ेर ग्लोबलको मोलमा तौलिन्दै छ
अनागतलाई आजले जिउँदै मार्यो।

आधा भरिएको गाग्रो छचल्किन्छ
आध्यात्म बिनाको विज्ञान अधकल्चिन्छ
जीव जगतको गड़ आयु कमाएर
यो आध्यात्म पनि मर्दै छ
यहाँ क्षण क्षण श्रेष्ठत्व हराएर।

मतलबको बनाएर
टोली साँघुरो मनले बोल्दै छ
बोली बिजन जती खाएर
हकुवाको बिस्कुन छर्दै छन्
आज रटन्ते बोलीले
झोली भर्ने पाइंदैन
हो कतै न झर्कने शिष्ट
फुर्सदको बोली डाह लुकेको छ
हौसलामा पनि आज भोलि।

अक्षर आकार
टिकाराम काफ्ले
कविबारे
टिकाराम काफ्ले

टिकाराम काफ्ले, धौला, असम

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.