साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › कविता
कविता

मेरो घर

नदी र नाला वन र जङ्गल बासस्थान सबैको
एकलौती अधिकार मेरै हो भन्ने सोच चाहिँ कस्तो हो ।।
चराचुरुङ्गी जीव र जन्तु आश्रय सबैको
ती कहाँ जाउन भन न मलाई घर उनको कुन चाहिँ हो ।।

पहाड र भन्ज्याङ हिमाल र मैदान कहिँ रहेन घर मेरो
प्रकृतिले दियो जन्म त मलाई बाँच्ने चाहिँ कहाँ हो ।।
यहाँबाट उहाँ उहाँबाट यहाँ जीवन धान्न मुस्किल भो
मेरो त व्यापार हुँदो पो रहेछ कसरी बाँच्ने हो ।।

म कहाँ जाउँ कसलाई भनु कुन घर मेरो हो
के आहार खाउँ कहाँबाट ल्याउँ जीवन धान्नलाई ।।
प्रकृतिको देन प्रकृतिको चोला निर्मम व्यवहार मलाई
हे सज्जन भन मलाई तिमी के गर्छौ बाँच्नलाई ।।

जङ्गल भए गाउँ सहर भए नगर सज्जन बस्नलाई
विलासी जीवन आनन्द लाग्छ बसेर तिमीलाई ।।
को होला मेरो बेदना बुझ्ने घर मेरो बनाउने
को होला आवाज दिने त्यो सज्जन सबैलाई जगाउने ।।

अक्षर आकार
पुष्प अधिकारी
कविबारे
पुष्प अधिकारी

गुवाहाटी, असम

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.