बिहीबार, १९ कात्तिक २०८३

साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

दिगो पेशा – लघु कथा

सन्त बहादुर गाउँको एउटा इमानदारी किसान हुन । समयमा उन्नत तरिकाले खेतीगरि प्रशस्त अन्नबाली उब्जाउने ,लगाउने एक चुनिएका पुराना किसान हुन ।आँफुले कृषि पेशालाई अपनाउँदै १ छोरा १ छोरीलाई उच्चशिक्षा हाँसिल गराउन सफल भए उनी ।

पढाईको आधारमा छोराछोरीलाई बिदेश पठाए सन्तबहादुरले । उतै छोराछोरीले जागिर पनि खाए ।हुन त सन्तबहादुरका छोराछोरीले राम्रै कमाइ हुन्छ भन्ने सोचले बिदेश पठाएर केही बर्ष त पैसा बढी नै पठाइरहे ।

घरमा दुई जना बुढाबुढी भएता पनि सन्तुष्ट भएर बसेका थिए । छोराछोरीको कमाइबाट ।

केही बर्ष बिदेशको संतोषजनक कमाइ भएतापनि Covid – 19 को प्रकोपले गर्दा छोराछोरीको बिदेश बसाई पनि चिन्ताजनक हुन थाल्यो ।किनकी दिनदिनै कोरोनाको महामारीमा सँक्रमित हुँदै मान्छेहरु मर्न थालेकोले गर्दा स्वदेशमा नै आए । 

बुवा-आमाको पुरानो पेशा कृषिमै भर परि उनिहरुपनी खुसिसाथ बुवा-आमासंँग बस्न थाले ।केही बर्ष यहि पेशालाई नै आधार मानी बस्नु परेकोले बरु यहि पेशा खेती दिगो भएको कुरा उनिहरुले महसुस गरे ।सबै पेशा बन्द ,बजार बन्द ,भएतापनि उनिहरुलाई कृषि पेशा नै दिगो पेशा हो भन्ने कुरा बिदेशको जागिर खाएर आएका छोराछोरीले स्वीकार गरे ।

एन बी दाहाल (नवीन)
लेखकबारे
एन बी दाहाल (नवीन)

कमल -२, तोपगाछी, दाहालगाउँ, झापा

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.