साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › काव्य
काव्य

गजल : अस्तव्यस्त छ यो जिन्दगानी

अस्तव्यस्त छ यो जिन्दगानी बनाउनु छ
आमा अब एकथान राहधानी बनाउनु छ

किन विर्सियो ईश्वरले मेरो भाग्य रेखा कोर्न
घोटेर हातको रेखा मनोमानी बनाउनु छ

अभाव त छदैछ गरिवमाथि दवाव त्यस्तै
किनेर स्वतन्त्रता आफ्नै सुनखानी बनाउनु छ

सके कमाएरै आउला नसके उहीँ बाकसमै
आफ्नै लास सजाउने फुलदानी बनाउनु छ

बा सम्झाइदेउ न आमालाई हुन्देउ भनेर
ठूलो सपना छैन, उनैलाई महारानी बनाउनु छ

अक्षर आकार
रोशन यात्री
कविबारे
रोशन यात्री

छथर-५ तेह्रथुम

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.